समाचार

निशुल्क आँखा शिबिर सम्पन्न ।।


 बाराको प्रसौनी गाबिस नवतन नम्बर ९मा आज निशुल्क आँखा शिबिर सम्पन्न भएको छ । रेडियो तराई श्रोता कल्ब,नबतन युवा कल्बको आयोजना तथा  दृष्र्टी आँखा अस्पतालको प्रबिधिक सायोगमा भएको कार्यक्रममा २९० जनाको आँखाको परिक्षण भएको बताईएको छ । निशुल्क आँखा शिबिरमा ८० जनामा मोतिया बिन्दु रोगी भटिएको अस्पतालका दृष्टी बिशेषज्ञ बसंन्त पौडेलले जनाएका छन । उनीहरुको शल्यक्रिया कल्ब संगको सहकार्यमा गरिने वहाले बताउनु भयो । कार्यक्रममा अस्पतालको प्रतिनिधि रैजु साह, श्रोता कल्बको संचार प्रवक्ता कृष्णा यादव, नवतन युवा कल्बका श्री नारायण साह,रामबाबु गुप्ता रेडियो तराईका स्टेशन मैनेजर राजेन्द्र सिंह लगायतकाको सहभागिता रहेको थियो ।
 

कर्मचारी विवरण

View All