समाचार

ढेडुखोलामा बाढी, खोलाले बगाउँदा ३ घाइते


  ठोरीको ढेडुखोलामा शुक्रवार दिउँसो आएको बाढीले दुईजनालाई बगाएको छ । खोलाले बगाएका दुवैजना घाइते भएका छन् भने उद्धारका क्रममा अर्का एक जना पनि घाइते भएका छन् । ट्याक्टर चढेर खोला तर्ने क्रममा बाढीले ट्याक्टर नै बगाए पछि ट्याक्टरमा सवार दुईजनालाई खोलाले बगाएको थियो । ना ३ त १४४३ नम्बरको क्टरलाई ढेडुखोलाले बगाउँदा ट्याक्टरमा चढेकी ठोरी–७ कि करिब ४६ वर्षीया सविता देवी चौधरी र २५ वर्षीया जानकी चौधरी घाइते भएकी हुन् । सविता र जानुकालाई बाढीले करिब दुई सय मिटर बगाए पनि ट्याक्टरका चालक ठोरी–७ का ४४ वर्षीय रामनरेश चौधरीले उद्धार गरेका थिए । उद्धार गर्ने क्रममा चौधरीको दाहिने खुट्टामा गहिरो चोट लागेको छ । बाढीले बगाएका दुवै महिलाको शरीरका विभिन्न भागमा चोट लागेको छ । ट्याक्टरको ट्रेलरमा चढेका तीन जना मध्ये एक महिलालाई भने ठोरीबाट चितवन हिंडेको बसका सहचालकले ट्याक्टरको ट्रेलर बाढीले पल्टाउनु भन्दा पहिले नै सकुशल उद्धार गरेका थिए ।  ढेडुखोलामा पुल बन्न नसक्दा वर्षायामको समयमा ठोरीवासीले ठूलो समस्या झेल्दै आउनुपरेको छ ।

 

कर्मचारी विवरण

View All