समाचार

अन्तर्रा्ष्ट्रिय युवा दिवस मनाइदैं । रैली र सरसफाई ।।

 
अगस्ट १२ अर्थात् आज अन्तर्रा्ष्ट्रिय युवा दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी अन्तर्रा्ष्ट्रिय युवा दिवस मनाईंदैछ । युवा सम्बन्धी विभिन्न चेतना मूलक तथा मनोरन्जनात्मक कार्यक्रम गरी सन् २००० देखि नियमित रुपमा विश्व युवा दिवस मनाउन थालिएको हो । अन्तर्रा्ष्ट्रिय युवा दिवस मनाउनुको मुख्य उद्देश्य युवाका मुद्दाका पक्षमा आवाज मुखरित गर्नु हो । 
यसै बिच ,
सानो पाईला संस्था बिरगंजले आज घण्टाघरबाट रैली निकालेको छ । बिहान साँढे सात बजे निकालिएको सो रैलीले घण्टाघर हुदै छपकैया पुगि सभामा परिणत भएको थियो । संसथाका संचार प्रमुख सुसबर धोषको अध्यक्षतामा भएको रैली पछिको समापनमा पर्सा प्रहरी प्रमुख डाक्टर राजुबाबु श्रेष्ठ, महिला अधिकारकर्मी राधा पौडेल लगयतकाले आफनो मन्तव्य व्यक्त गर्नु भएको थियो । सभा पछि सहभागि युवाहरुले छपकैया २ मा सरसफाई पनि गरेको शैलेन्द्र त्रिपाठीले जनाकारी दिनु भयो ।
 

कर्मचारी विवरण

View All