Logo
Sajha Khabar
BBC Nepali

समाचार

४० क्युफिट सालको काठ बरामद ।।

 
 पर्साको मधुवन मथवलबाट बन गस्ती टोलिले अबैध रुपमा रुख कटान गरि लुकाइ राखेको अवस्थामा ४० क्युफिट सालको काठ बरामद गरेको छ । ईलाका वन कार्यालय रङ्पुरबाट जमदार मित्रदेव चौधरीको नेतृत्वमा गएको गस्ती टोलिले मधुवन मथवल गाउँ बिकास समितिको वाड नम्बर ३ गढी भन्ने ठाउबाट बेवारिसे अवस्थामा रहेको उक्त सालको काठ बरामत गरेको सहकर्मी कृष्ण मोहन साहले जनाएका छन । बरामद गरिएको काठलाई आवश्यक कार्वाहीको लागि ईलाका बन कार्यालय रङपुरमा राखिएको जिल्ला बन कार्यालय पर्साका प्रवक्ता एवम सहायक जिल्ला बन अधकृत फर्मान मियाले जानकारी दिनु भयो । 

कर्मचारी विवरण

View All