समाचार

वीउमनपाले साउनमा अढाई करोड आन्तरिक राजस्व उठायो

 
    वीउमनपाले साउन महिनामा लक्ष्यभन्दा बढी राजस्व सड्ढलन गरेको छ । आन्तरिक राजस्व गत वर्ष साउन महिनामा १ करोड ६२ लाख सड्ढलन भएकोमा यस आवको साउन २५ गतेसम्म रु २ करोड ३८ लाख उठाउन सफल भएको राजस्व शाखाका प्रमुख मनोज कर्णले बताए ।     उनले वीउमनपाले  आन्तरिक करलाई बढावा दिन विभिन्न सञ्चारमाध्यममार्फत् छुटको व्यवस्था गरेको कारण तीन/चार वर्षमा एकमुस्ट कर बुझाउने व्यवसायीहरूले वार्षिक कर बुझाउन थालेकाले राजस्व बढेको बताए । उनले छुटको लाभ लिदै व्यवसायीहरूले वार्षिक कर बुझाउन थालेको हुँदा यो महिनामा आन्तरिक कर बढेको बताए । वीउमनपाले आन्तरिक कर वार्षिक २० करोड उठाउने लक्ष्य लिएको छ ।     गत वर्ष मधेस आन्दोलन, नाकाबन्दीको बावजुद वीउमनपाले ६ महिनामा १३ करोड २९ लाख आन्तरिक राजस्व सड्ढलन गरेको थियो । गत वर्ष सड्ढलित सो राजस्व लक्ष्यभन्दा २४ लाख बढी थियो । असारमा मात्र वीउमनपाले ४ करोड ९२ लाख राजस्व सड्ढलन गरेको थियो ।

कर्मचारी विवरण

View All