समाचार

तटबन्धपछि आधा दर्जन बस्ती उच्च जोखिमबाट मुक्त

 
 
 
    रतनपुरीस्थित पसाहा खोलामा तटबन्ध भएपछि आधा दर्जन बस्तीमा बाढीको उच्च जोखिम कम हुने भएको छ ।   युएसएआइडीको आर्थिक सहयोग र केएर नेपाल हरियो वन कार्यक्रमद्वारा निर्मित उक्त तटबन्धले निजगढ नगरपालिकाको रतनपुरी पश्चिमटोल, दक्षिणी भेगका हरैया, करैया, बोधवन, मधुवन, काटगाउँलगायत बस्तीमा खोला बाढी र कटानको जोखिम कम हुने भएको छ ।   आर्थिक वर्ष ०७२/०७३ मा प्राप्त ९ लाख ५० हजार रकमबाट १ सय ७६ थान तारजालीमा ढु·ा भरेर तटबन्ध अर्थात् ठोकर निर्माण गरिएको केएर नेपाल बारा/रौतहटका फिल्ड अधिकृत रामप्रताप सिंहले जानकारी दिए । चुरे भएर बग्ने पसाहा खोलाबाट फुटेको भँगालो बेलैमा नियन्त्रण नगर्दा बस्तीका ६ सयभन्दा बढी घरधुरी जोखिममा पर्दै आएका थिए ।    यस भँगालोले १० हेक्टरभन्दा बढी वन क्षेत्र कटान गरिसकेको छ । भँगालो नियन्त्रण नगर्दा राजमार्गको निजगढ—पथलैया सडकखण्डमा पर्ने १३ किलोमिटरको पुल उच्च सड्ढटमा परेको थियो । पुलमा बालुवा भरिने, सडक कटान हुने गरेको थियो ।   “अहिले तटबन्ध निर्माणपछि वेगले हानिएर बग्ने भँगालो वन क्षेत्र हुदै बस्ती तर्फ आउन पाएको छैन”—तटबन्ध निर्माण समितिका संयोजक प्रेमबहादुर रूम्बाले भने । ‘“पसाहा खोलाबाट फुटेर आएको भँगालोलाई रोक्न खोला किनारमा नैं तटबन्ध निर्माण गरिएको छ”—उनले भने । भँगालो बस्तीमा जोडिन बढीमा ३ किलोमिटर मात्र छ । यस भँगालोलाई पूर्ण नियन्त्रण गर्न अझै दुई/चारवटा तटबन्ध आवश्यक रहेको फिल्ड अधिकृत ंिसंहले बताए । source : Prateek Daily

कर्मचारी विवरण

View All