समाचार

सदभावनाको नगर समिती बिस्तार ।।

 
 सदभावना पार्टी वीरगंज नगर कार्य समितीले पदाधिकारी बिस्तार गरेको छ । नगर अध्यक्ष ओमप्रकास सर्राफको सभापतित्वमा गोपाल मण्डलीको हलमा बसेको बैठकले नगरको उपाध्यक्षमा सुरेश साह कानु र दिपक साह कानु , कोषाध्यक्ष पन्नालाल प्रसाद कुर्मी , सह सचिव संजय पटेललाई सर्व सहमतीले चयन गरेको छ । पदाधिकारी बिस्तार संगै नगर कमिटी १५ सदसीय भएको अध्यक्ष सर्राफले बताएका छन । यसैगरी सदभावना पार्टी पर्साले सदभावना मजदुर मंच पर्साको जिल्ला संयोजकमा दिनेश चौरसियालाई चयन गरेको छ ।
 

कर्मचारी विवरण

View All