समाचार

पोखरिया नगरपालिकामा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा ।।

 
पोखरिया, २५ जेठ ।  पोखरिया नगरपालिकामा कर्मचारी नहुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । पोखरिया नपामा कर्मचारीहरू भए पनि उनीहरू कार्यालयमा उपस्थित नभइदिंदा सेवाग्राहीहरू मर्का पर्ने गरेको पोखरिया नपा–१५ निवासी नूरहोदा अन्सारीले बताए छन । नागरिकता सिफारिसको लागि आफू चार दिन देखि कार्यालय धाउँदा पनि सम्बन्धित व्यक्ति भेट नभएको उनले गुनासो सुनाए ।  नपाका कर्मचारीहरू आर्थिक वर्षको अन्त्यमा अहिले विकास कार्य सम्पन्न गर्न फिल्डमा काम गरिरहेको भन्दै कार्यालय नआउने गरेको देखिन्छ । नपा घोषणा भएको पोखरिया नपामा कर्मचारीहरू मनपरी तरिकाले काम गरिरहेको सेवाग्राही अन्सारीको भनाइ छ । यस विषयमा पोखरिया नपाका कार्यकारी अधिकृत रामबाबू चौरसियासँग बुझ्दा उनी वीरगंज आएको बताए । कर्मचारीको अभाव तथा केही कर्मचारीको मनपरीका कारण जनताको काम हुन नसकेको उनले स्विकारे । केही कर्मचारीहरू अहिले आर्थिक वर्ष सम्पन्न भइरहेको बेला विकास हुने ठाउँमा पुगेर ठेकेदारसँग मिलोमतो गर्न थालेको चौरसियाको आरोप थियो । आफू एक्लो केही गर्न नसक्ने र कर्मचारीहरूले  नियम विपरीत काम गरिरहेकोले आफू दुखित भएको उनले बताए । सेवाग्राहीहरूको दुख देखेर आफैं  खटेर भए पनि सेवा दिइरहेको उनले बताए ।
 

कर्मचारी विवरण

View All