Logo
Sajha Khabar
BBC Nepali

समाचार

टिबी शाह मेमोरियल टि–२० को उपाधि बिसिटिसीलाई ।।

 
पशुपति आदर्शनगर रड्डशालामा सञ्चालित टिबी शाह मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि वीरगंज क्रिकेट ट्रेनिड्ड सेन्टरले हात पारेको छ ।  आज सम्पन्न फाइनलमा बिसिटिसीले विद्यासदन माविलाई २८ रनले पराजित गर्दै उपाधि हात पारेको हो । फाइनल खेलमा टस जितेर बिसिटिसीले पहिलो ब्याटिड्ड गर्दै निर्धा्रित ओभरमध्ये १८.१ बलमा सबै विकेट गुमाई १३७ रन बनाएको थियो ।  ब्याटिङ गर्दै कञ्चन थापाले ५८, अभिनाश कर्णले १४, राज ठाकुरले १२ रन बनाएका थिए भने विद्यासदनका अल्फाज मन्सुरीले ३ र नसरूद्दिन अन्सारी तथा सैदुल्लाह अन्सारीले २–२ विकेट लिएका थिए ।
    १३८ रनको विजयी लक्ष्य लिएर मैदानमा ओर्लेको विद्या सदन निर्धा्रित ओभरमा सबै विकेट गुमाएर १०९ रनमा सीमित भयो ।  आजको खेलको म्यान अफ द म्याच कञ्चन थापा भए । यसैगरी म्यान अफ द सिरिज इरशाद अहमद, बेस्ट ब्यास्ट्सम्यान मन्जय महतो, बेस्ट बलर नवीन यादव घोषित भएका थिए । सानो पाइलाले आयोजना गरेको टुर्नामेन्टको अध्यक्षता सुवीर घोषले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि पर्साका प्रहरी उपरीक्षक राजुबाबू श्रेष्ठ थिए । फाइनलमा विजयी र उपविजयीलाई कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठ, वीउमनपाका योजना प्रमुख प्रकाशमान सिंह, सानो पाइलाका कोषाध्यक्ष रामबाबू सिंह, नेपाल भलिबल सङ्घका केन्द्रीय सदस्य महम्मद फिरोज, पर्सा क्रिकेट सङ्घका दाउद अन्सारी, कोषाध्यक्ष नेहाल अहमद, जिल्ला खेलकुद विकास समिति पर्साका अध्यक्ष सुदीप पौडेलले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको सहजीकरण सानो पाइलाका शैलेन्द्र त्रिपाठीले गरेका थिए  भने कार्यक्रमको प्रत्यक्ष प्रसारण रेडियो तराईले गरेको थियो ।
 

कर्मचारी विवरण

View All